कुमारी बैंक र -याडिसन होटलबीच सम्झौता
बैंकको खबर । कुमारी बैंक र -याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच होटलबाट प्रदान गरिने विभिन्न सेवामा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार कुमारी बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले -याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत५ र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।
All financial information at your fingertips.