सम्पदा लघुवित्तको दुई लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा


बैंकको खबर । संस्थापक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहका सेयरधनीहरुले आफ्नो नाममा रहेको दुई लाख १४ हजार ६ सय ७४ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । 

सो सेयर संस्थाका संस्थापक सेयरधनीहरुलाई नै खरिद गर्न प्राथमिकता दिनुपर्ने व्यवस्था बमोजिम ३५ दिनभित्र आवश्यक कागजात सहित लघुवित्तको केन्द्रीय कार्यालय बन्दीपुर १ डुम्रे तनहुँमा खाफूले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई निवेदन दिन आह्वान गरेको छ । 

तोकिएको म्याद भित्र हाल कायम संस्थापक सेयरधनीबाट निवेदन नआएमा नियमानुसार संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्रीका लागि आवश्यक कारबाही अघि बढाइने  लघुवित्तले जनाएको छ ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस