अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्डको भाउ बढ्यो


बैंकको खबर । बुधबार (आज) नेपाली बजारमा अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ । राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३३.९९ रुपैयाँ बिक्रीदर १३४.५९ पैसा तोकेको छ । मंगलबार खरिददर १३३.९५ रुपैयाँ र बिक्रीदर १३४.५५ रुपैयाँ थियो । 

मंगलबारको तुलनामा बुधबार युरोपियन युरो पनि बढेको छ । आजका लागि एक युरोको खरिददर १४९.६६ रुपैयाँ र बिक्रीदर १५०.३३ रुपैयाँ छ । मंगलबार एक युरोको खरिददर १४९.५६ रुपैयाँ र बिक्रीदर १५०.२३ रुपैयाँ थियो । 

आजका लागि राष्ट्र बैंकले बेलायती एक पाउण्ड स्टर्लिङको खरिददर १७७.१७ रुपैयाँ र बिक्रीदर १७७.९६ रुपैयाँ तोकेको छ । हिजो मंगलबार एक पाउण्डको खरिदर १७६.६० रुपैयाँ र बिक्रीदर १७७.३९ रुपैयाँ थियो । 

यस्तो छ आजको विनिमयदर

All financial information at your fingertips.

शेयर गर्नुहोस