बैंकहरुलाई पुँजीकोषमा सहज, काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत


बैंकको खबर । बैंकहरूले चालू आर्थिक वर्ष २०८१/८२ मा काउन्टरसाइक्लिकल बफर शून्य प्रतिशत कायम गरे हुने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई काउन्टरसाइक्लिकल बफरअनुसार थप पुँजी कायम गर्नुनपर्ने व्यवस्था गरेको हो । यसअघि ‘क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५’ अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो बफर शून्य दशमलव ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । 

अर्थतन्त्रमा आउनसक्ने आकस्मिक सङ्कटको प्रभावबाट वित्तीय क्षेत्रलाई सुरक्षित राख्न बैंकहरूले अतिरिक्तरूपमा जोहो गर्ने पुँजीको अंश काउन्टरसाइक्लिकल बफर हो । 

राष्ट्र बैंकले बैंकहरूलाई पास भएको ऋणको बक्यौता ब्याजलाई मात्र पुरक पुँजीमा गणना गर्न पाउने व्यवस्था गरिदिएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने घोषणा गरेको थियो । त्यही व्यवस्था कार्यान्वयनका लागि केन्द्रीय बैंकले मंगलबार बैंकहरूलाई परिपत्र गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई २०८४ असार मसान्तसम्म १५ प्रतिशत कर्जा साना तथा मझौला उद्योगमा लगानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन पनि दिएको छ । बैंक तथा वित्तीय संस्थाले दुई करोड रुपैयाँभन्दा कम रकमको कर्जा तथा प्रत्यक्षरूपमा प्रवाह भएका विपन्न वर्ग कर्जालाई समेत लघु, घरेलु, साना एवं मझौला उद्यम कर्जामा गणना गर्न पाउने व्यवस्था गरेको छ । यसअघि एक करोड रुपैयाँभन्दा कम कर्जा मात्रै यस वर्गमा समावेश गर्न पाउने व्यवस्था थियो । 

All financial information at your fingertips.

शेयर गर्नुहोस