कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा
बैंकको खबर । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।
भदौ १० गते बसेको कुमारी कयापिटलको सञ्चालक समितिको बैठकले कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरेको हो । यी दुवै योजना बन्दमुखी योजना हुन् ।
क्यापिटलले आर्थिक वर्ष २०८०÷८१ मा आर्जन गरेको नाफाबाट कुमारी धनवृद्धि योजनाका इकाइ धनीहरुका लागि ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डका इकाइ धनीहरुका लागि पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो ।
All financial information at your fingertips.