प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर दिने बैंकको खबर २ महिना पहिले बीमा खबर । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८०को नाफाबाट लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ । भदौ ७ गते बसेको इन्स्योरेन्स सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । बैठकले २०८० पुस २९ गते सम्पन्न छैठौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएको हकप्रद सेयरको दर पनि संशोधन गरेको छ । नेपाल धितोपत्र बोर्डमा १७ प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति मागेकोमा अब बोनस सेयर पश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले मात्र हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । सात प्रतिशत हकप्रद सेयर जारी गर्न सैद्धान्तीक स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिको लागि पठाउने र प्राधिकरणबाट स्वीकृति भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराउने निर्णय पनि गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले