कुमारी बैंक र इसेवाबीच इजी लोन सुविधा दिने सम्झौता


बैंकको खबर । कुमारी बैंक र इसेवाबीच इसेवाका ग्राहकलाई ‘इसेवा मोबाइल’ एप मार्फत इजी लोन सुविधा प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौतासँगै कुमारी बैंकले इसेवाका एजेन्टहरुलाई व्यवसाय वृद्धिका लागि विना झन्झट दुई लाख रुपैयाँसम्म डिजिटल कर्जा प्रदान गर्नेछ । पहिलो चरणमा इसेवा एजेन्टहरुलाई मात्रै यो सेवा उपलब्ध गराउने र छिट्टै प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइने बताइएको छ । 

कुमारी बैंकले देशभर ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५९ शाखारहित बैंकिङमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस