सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको एक लाख ५३ हजार रुपैयाँ पुग्यो


अर्थतन्त्र । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । २०८० भदौ ५ गते बुधबार (आज) सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य एक लाख ५३ हजार रुपैयाँ तोकेको हो । मंगलबार प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्यपनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार आठ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ८२० रुपैयाँ थियो । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस