महँगी अझै उच्च, गत आर्थिक वर्षको मूल्यवृद्धि ५.४४ प्रतिशत
बैंकको खबर । गत आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि दर) ५.४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष यस्तो मूल्यवृद्धि ७.७४ प्रतिशत थियो ।
२०८१ असार महिनाको मूल्यवृद्धि ३.५७ प्रतिशत भएको छ । २०८० असार महिनामा यस्तो मूल्यवृद्धि ७.४४ प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ६.६२ प्रतिशत रहेको थियो ।
२०८१ असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.३८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको यस्तो मुद्रास्फीति ८.६२ प्रतिशत रहेको थियो ।
२०८१ असार महिनामा गैर–खाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१५ प्रतिशत रहेको छ । २०८० असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ७.४८ प्रतिशत रहेको थियो ।
All financial information at your fingertips.