बैंकिङ प्रणालीबाट थप एक खर्ब तान्दै राष्ट्र बैंक
बैंकको खबर । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आइतबार (आज) एक खर्ब रुपैयाँ तान्न लागेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल उपकरणमार्फत २१ दिनका लागि सो रकम प्रशोचन गर्न लागेको हो । रकम दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपरान्ह तीन बजेसम्म अनलाइन मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी भदौ २३ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् ।
All financial information at your fingertips.
२०८१ असार, २