१० ठूला बैंकको लेखापरीक्षण गर्न भारतको केपीएमजी छनोट


बैंकको खबर । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गर्न भारतीय कम्पनी केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपी लाईृ छनोट गरेको छ । 

राष्ट्र बैंकले लेखापरीक्षक कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । आवेदन परेकामध्ये ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीबाट भारतको  केपीएमजीलाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । 

अब राष्ट्र बैंकले केपीएमजीको वित्तीय प्रस्ताव भदौ १६ गते राष्ट्र बैंक परिसरमा खोल्ने भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा सर्त अनुसार १० ठूला वाणिज्य बैंकहरूको वाह्य लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण गर्न राष्ट्र बैंकले नेदरल्यान्ड, भारत र पाकिस्तानका अडिट फर्मलाई सर्टलिस्ट गरेको थियो ।

All financial information at your fingerrtips.

शेयर गर्नुहोस