अमेरिकी डलर सस्तियो, युरो र पाउण्डको भाउ बढ्यो


बैंकको खबर । अमेरिकी डलरको विनिमयदर आज (साउन ३१ गते बिहीबार) घटेको छ । राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा र खरिददर १३४ रुपैयाँ दुई पैसा तोकेको छ । हिजो बुधबार एक अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा र खरिददर १३४ रुपैयाँ छ पैसा थियो ।

यस्तै युरोको भाउ भने केही बढेको छ । एक युरोको बिक्रीदर १४८ रुपैयाँ ३८ पैसा र खरिददर १४७ रुपैयाँ ७२ पैसा तोकिएको छ । हिजो बुधबार एक युरोको बिक्रीदर १४७ रुपैयाँ १४ पैसा र खरिददर १४६ रुपैयाँ ४९ पैसा थियो । 

पाउण्ड स्टर्लिङ्गको भाउ पनि बढेको छ । राष्ट्र बैंकले बिहीबारका लागि एक पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७२ रुपैयाँ ८९ पैसा र खरिदद र १७२ रुपैयाँ १२ पैसा तोकेको छ । हिजो बुधबार पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७२ रुपैयाँ २० पैसा र खरिददर १७१ रुपैयाँ ४३ पैसा थियो । 
 

 

यस्तो छ आजको विदेशी विनिमयदर

शेयर गर्नुहोस