बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज साउन ३० गते बुधबार निक्ष्ँेप संकलन बोलकबोलमार्फत एकैपटक ४० अर्ब रुपैयाँ तान्न लागेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि सो रकम राष्ट्र बैंकमा तान्न लागेको हो । यसका लागि आज अपरान्ह ३ बजे बोलकबोल हुने जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तिमा १० करोड रुपैयाँ र बढीमा सो भन्दा बढी पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको साँवा ब्याज भदौ १९ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ ।
साउन लागेपछि राष्ट्र बैंकले अहिलेसम्म वित्तीय प्रणालीबाट पाचौँपटक तरलता प्रशोचन गर्न लागेको हो ।
All financial information at your fingertips.