बैंकिङ निक्षेप ६४ खर्ब १४ अर्ब रुपैयाँ कायम
बैंकको खबर । बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २७ गते आइतबार बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ बढेर ६४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । त्यसअघि साउन २६ गते ६४ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप थियो ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन ५६ खर्ब ८७ अर्ब रुपैयाँ कायम भएको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको ७ खर्ब २७ अर्ब रुपैयाँ छ ।
आइतबारसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा ५१ खर्ब ५९ अर्ब रुपैयाँ छ । जुन एक दिन अघिको तुलनामा दुई अर्ब रुपैयाँ बढी हो ।
बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) केही बढेर ७९.०१ प्रतिशत कायम भएको छ । अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।
All financial information at your fingertips.