आजको विनिमयदर : अमेरिकी डलरको भाउ स्थिर बैंकको खबर ३ महिना पहिले बैंकको खबर । मंगालबार अहिलेसम्मकै उच्च पुगेको अमेरिकी डलरको भाउ बुधबार (साउन ३० गते) स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि पनि मंगलबारकै भाउलाई कायम राखेको छ । राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा र खरिददर १२४ रुपैयाँ ६ पैसा कायम गरेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङ्गको मूल्य भने बढेको छ । आज १ युरोको बिक्रीदर १४७ रुपैयाँ १४ पैसा र खरिददर १४६ रुपैयाँ ४९ पैसा कायम छ । मंगलबार १ युरोको बिक्रीदर १४७ रुपैयाँ ६ पैसा र खरिद दर १४६ रुपैयाँ ४१ पैसा थियो । बेलायती १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर आज १७२ रुपैयाँ २० पैसा र खरिद दर १७१ रुपैयाँ ४३ पैसा कायम भएको छ । हिजो मंगलबार १ पाउण्ड स्टर्लिङ्गको बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा र खरिद दर १७१ रुपैयाँ ९ पैसा थियो । हेर्नुहोस् २०८१ साउन ३० गतेका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले