बैंकहरुको निक्षेप संकलन एक दिनमा तीन अर्ब रुपैयाँले घट्यो
बैंक खबर । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन एक दिनमा तीन अर्ब रुपैयाँले घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २० गते आइतबारसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ६४ खर्ब ४२ अर्ब रहेकोमा २१ गते सोमबार तीन अर्ब रुपैयाँ घटेर ६४ अर्ब ३९ अर्ब रुपैयाँ कायम भएको छ । सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन दुई अर्ब रुपैयाँले घटेको छ ।
निक्षेप घटेपनि सो दिन कर्जा प्रवाह छ अर्ब रुपैयाँले बढेको छ । साउन २० गतेसम्म कुल ५१ खर्ब ४५ अर्ब कर्जा प्रवाह रहेकोमा साउन २१ गते ५१ खर्ब ५१ अर्ब पुगेको छ । सो अवधिमा वाणिज्य बैंकहरुको मात्रै कर्जा प्रवाह छ खर्बले बढेको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ ।
साउन २१ गतेसम्मको तथ्यांकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो० ७८.५८ प्रतिशत छ । यस्तै अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
All financial information at your fingertips.