विदेशी मुद्रा नेपाली मुद्रामा सटही गर्ने सम्बन्धमा यस्तो छ राष्ट्र बैंकले गरेको व्यवस्था बैंकको खबर ३ महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रालाई नेपाली मुद्रामा सटही गर्दै आएको छ । त्यसका लागि राष्ट्र बैंकले छुट्टै व्यवस्था गरेको छ । जसमध्ये केही महत्वपूर्ण व्यवस्थाहरु यसप्रकार छन् । १. वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १५०० वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको रकम नगदमा आफैसँग राख्न सकिन्छ । उक्त सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नुपर्दछ । २. आफ्नो पहिचान खुल्ने प्रमण पेस गरी एक पटकमा अमेरिकी डलर ५००० वा सो बराबर हुने अन्य परिवत्र्य विदेशी मुद्रा सटही गर्न सकिन्छ । ३. विदेशमा आर्जन गरेको प्रमासणित हुने कागजात सहित भन्सार उद्घोषण गरी कानुनी रुपमा नेपाल भित्र्याइएको परिवत्र्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकैपटकमा सटही गर्न सकिन्छ । ४. आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकहरुबाट उपहार, टिप्स आदि बापत प्राप्त भएको विदेशी मुद्रा एक पटकमा अमेरिकी डलर ५०० वा सो बराबर हुने अन्य परिवत्र्य विदेशी मुद्रा इजाजतपत्रप्राप्त मनिचेन्जरहरुबाट पनि सटही गर्न सकिन्छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले