काभ्रेपलाञ्चोकको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
बैंक खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नः ४, तामाघाट स्थित शाखा कार्यालय पाँचखालमा विस्तार गरी सोमबारबाट कारोबार शुभारम्भ गरेको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ ।
बैंकले ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पोइन्ट अफ सेल सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपीएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ (डिजिटल संसार) तथा विना इन्टरनेट चल्ने यूएसएसडी मोवाइल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
All financial information at your fingertips.