सहुलियतपुर्ण कर्जा बक्यौता एक खर्ब ४० अर्ब
बैंक खबर । २०८० चैत मसान्तमा १ लाख २७ हजार २ सय १२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६ सय ४८ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ८५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
महिला उद्यमशील कर्जा अन्तर्गत ७५ हजार ३ सय ३३ महिला उद्यमीलाई प्रवाह भएको ४३ अर्ब ७९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार २ सय ३१ ऋणीको १ अर्ब ८५ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।
All financial information at your fingertips.