ग्लोबल आइएमई बैंकले थप्यो दुई शाखारहित बैंकिङ सेवा


बैंक खबर । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले गण्डकी प्रदेश, तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका वडा नं. ६, हुस्लाङ र साराङ्गघाटमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 

यी दुई नयाँ शाखा रहित बैंकिङ सेवाको सञ्चालनसँगै बैंकका शाखा रहित बैंकिङ सेवाको संख्या २७७ पुगेको छ ।

ग्लोबल आइएमई बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा दिँदै आएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस