सन नेपाल लाइफको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने बैंकको खबर ८ महिना पहिले बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । इन्स्योरेन्सले चुक्ता पूँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समिति बैठकले बोनस सेयर वितरण गरेपछि कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने निर्णय गरेको छ । लाभांश वितरण र हकप्रद निष्काशन गर्ने प्रस्ताव नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले