वित्तीय ग्राहक संरक्षण भनेको के हो ?

वित्तीय ग्राहक संरक्षण भनेको के हो ?

बैंक खबर । नेपाल राष्ट्र बैंकबार्ट इजाजतपत्र/अनुमतिपत्र प्राप्त संस्थाका ग्राहकहरूलाई ती संस्थाले कारोबारको क्रममा नेपाल राष्ट्र बैंकको निर्देशन, प्रचलित नियम, कानून तथा निर्देशनको परिधिभन्दा बाहिर गई ग्राहकको अहित हुने कार्य गरे/गराएको कारणले ग्राहकलाई मर्कामा परेकोमा त्यस्तो काम कारवाहीबाट ग्राहकहरूलाई संरक्षण गर्नु नै वित्तीय ग्राहक संरक्षण हो ।

वित्तीय क्षेत्र सेवाको संख्यात्मक विस्तार, प्रविधिको तीव्र विकास, वित्तीय सेवाग्राहीको वृद्धि, वित्तीय अपराध र ठगीमा वृद्धि, तीव्र प्रतिस्पर्धा, सम्पत्ति शुद्धीकरणका प्रयास, गैरकानुनी वित्तीय कारोबारको प्रयास, अनौपचारिक अर्थतन्त्र लगायतका कारण वित्तीय सेवामा ग्राहकको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । 

वित्तीय सेवा ग्राहक संरक्षण सम्बन्धमा छुट्टै कानुनको अभाव भएपनि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिनुका अतिरिक्त ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेर काम गरिरहेको छ । 

वत्तीय मध्यस्थता सेवा प्रदान गर्न राष्ट्र बैंकबाट इजाजतपत्र/अनुमति प्राप्त वित्तीय सेवा प्रदायकले प्रचलित कानुन तथा राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन, परिपत्र, सूचनाको अधीनमा रहि सबै प्रकारका ग्राहकलाई निष्पक्ष, विश्वसनीय र पारदर्शी वित्तीय मध्यस्थता सेवा प्रवाहको सुनिश्चितता प्रदान गरी ग्राहकलाई कुनै किसिमको मर्का पर्न नदिने र मर्का पर्न गएमा सोको समुचित सुनुवाई गरी उचित व्यवस्थापन गर्नु वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधिको प्रमुख उद्देश्य हो ।

वित्तीय ग्राहक संरक्षण एवं गुनासो व्यवस्थापन कार्यविधिका मुख्य उद्देश्यहरु देहाय बमोजिम रहेका छन् । 
१) वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई न्युनीकरण गर्ने । 
२) वित्तीय सेवा प्रदायकले आपूmले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने । 
३) वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई न्यूनीकरण गर्ने । 
४) वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राखी वित्तीय क्षेत्र प्रतिको विश्वास कायम राख्ने । 
५) वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापनका सम्बन्धमा यस बैंकको क्षेत्राधिकार भित्र पर्ने कानुन, नीति, निर्देशन, कार्यविधि सम्बन्धमा गर्नुपर्ने सुधारको बारेमा गभर्नरलाई जानकारी गराउने । 
६) गुनासो सुनुवाई प्रक्रियालाई सहज र पारदर्शी बनाउने ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस