२४ अर्ब ११ करोड रुपैयाँ अन्तरिक ऋण उठाउँदै सरकार 

२४ अर्ब ११ करोड रुपैयाँ अन्तरिक ऋण उठाउँदै सरकार 

बैंक खबर । सरकारले फेरी २४ अर्ब  ११ करोड २५ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले ट्रेजरी बिल बिक्रीमार्फत सो रकम उठाउन लागेको हो । 

सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार देखि जारी हुनेछ । ट्रेजरी बिल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न सक्नेछन् । 

राष्ट्र बैंकले जारी गर्न लागेको ट्रेजरी बिलमध्ये २० अर्ब ५० करोड २५ लाख रुपैयाँको पुरानो नवीकरण हो । यो भनेको यस अघि बिक्री गरेको ट्रेजरी बिल परिपक्व भएपछि पुनः बिक्रीमा ल्याएको हो । यसबाहेक ३ अर्ब ६१ करोड रुपैयाँ ९१ दिन अवधिको ट्रेजरी बिल नयाँ हो । 

विस्तृतमा तल हेर्नुहोस्

All financial information at your fingertips.


शेयर गर्नुहोस