महालक्ष्मी विकास बैंकको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न

बैंक खबर । महालक्ष्मी विकास बैंकले २९ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमार्फत सामाजिक हितका कार्यक्रमहरु आयोजना गरेको छ । यस्तै विभिन्न २९ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम, कर्मचारीहरुको आ–आफ्नो संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता –याली कार्यक्रम सम्पन्न गरेको छ । यस्तै सम्पूर्ण शाखा कार्यालयहरुमा केक कटिङ, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ लगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरी २९ औँ वार्षिकोत्सव मनाएको छ ।

केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा जेठ ५ गते, शुक्रबार बिहान ११ः३० देखि दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा शाखा तथा प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ६ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० सम्म वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

यस्तै गत वर्षदेखि सुरु गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, बैंकले जेठ २०, २१ र २२ गते सञ्चालन गर्नेछ । बैंकले देशभर रहेका शाखाहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभुषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिँदै ग्राहक, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेका छन् । ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसाथ गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

All financial information at your fingeritps.


शेयर गर्नुहोस