सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटलबीच सम्झौता
बैंक खबर । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटबीच सम्झौता भएको छ । सम्झौताअनुसार अस्पतालले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवामा छुट प्रदान गर्नेछ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
अस्पतालले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई बेड चार्ज, डायग्नोष्टिक प्रोसिज्योर, फार्मेसी र हेल्थ प्याकेज सेवा लगायतमा आकर्षक छुटका साथ सहज सेवा प्रदान गर्नेछ । यस्तै स्वास्थ्य चेकजाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराउने समझौतापत्रमा उल्लेख छ ।
All financial information at your fignertips.