राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, ब्याजदर घटाउँदै कर्जा प्रवाहमा जोड

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीतिमा लचकता अपनाएको छ ।
सुस्त अर्थतन्त्रलाई पुनः सक्रिय बनाउन तथा सरकारको ६ प्रतिशत आर्थिक वृद्धि र साढे पाँच प्रतिशत मुद्रास्फीतिको लक्ष्यलाई साथ दिनेगरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याएको छ ।
महत्वपूर्ण नीतिगत दरहरुमा कटौती गरेको छ । स्थायी तरलता सुविधा दर (बैंक दर) ०.५ प्रतिशत बिन्दुले घटाएर ६ प्रतिशतमा झरेको छ। त्यसैगरी, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत र स्थायी निक्षेप संकलन दर ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा झरेको छ ।
यस्तै आगामी आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा १२ प्रतिशत कर्जा प्रवाह हुने लक्ष्य पनि राष्ट्र बैंकले राखेको छ ।