बैंकिङ प्रणालीमा ६० करोड पठाउँदै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा ६० करोड पठाउँदै राष्ट्र बैंक

२०८२ असार २६ गते बिहीबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ६० करोड रुपैयाँ पठाउने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेको भन्दै केन्द्रीय बैंकले सो रकम प्रणालीमा पठाउन लागेको हो । 

बैंकले २०८२ साउन ४ गतेदेखि २०८३ साउन ४ गतेसम्मका लागि मुद्दती निक्षेपको रुपमा सो रकम बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो । 

सो निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले असार २९ गते साँझ ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ । 

राष्ट्र बैंकले 'क' वर्गका वाणिज्य बैंकहरुमा ४८ करोड रुपैयाँ, 'ख' बर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ९ करोड रुपैयाँ र 'ग' वर्गका राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ३ करोेड रुपैयाँ निक्षेप लगानी गर्न लागिएको जनाएको छ । 

सो निक्षेप लिन केन्द्रीय बैंकले तोकेको शर्तहरु भने पुरा गरेको हुनुपर्नेछ । 


शेयर गर्नुहोस