सेयरबजारमा साढे १२ अर्बको कारोबार, नेप्से घट्यो

सेयरबजारमा साढे १२ अर्बको कारोबार, नेप्से घट्यो

२०८२ जेठ २९ गते बिहीबार । 

सेयर खबर । सेयरबजारमा बिहीबार १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । तर कारोबार मापक नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ विन्दुमा झरेको छ र

कारोबार भएका २४८ कम्पनीमध्ये १५६ वटाको सेयरमूल्य घटेको छ भने ९१ वटाको बढेको छ । एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । 

सूचीकृत १३ वटा समूहमध्ये फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्ड समूह बढेका छन् । बाँकी सबै समूह घटेका छन् । 

पियोर इनर्जी लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत र चन्द्रागिरी हिल्स लिमिटेडको ६.७८ प्रतिशत बढेको छ । गुँरास लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै ९.९० प्रतिशतले मूल्य घटेको छ । 

बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ ।


शेयर गर्नुहोस