स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

२०८२ जेठ २९ गते बिहीबार 

बैंकको खबर । 
स्वरोजगार लघुवित्तले ५४ हजार चार सय ६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमध्ये ३३ हजार नौ सय ६४ कित्ता सेयरका लागि संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् । 

सेयर खरिद गर्न इच्छुक कम्पनीका विद्यमान सेयरधनीहरुले न्यूनतम मूल्य प्रतिकित्ता तीन सय १५ रुपैयाँ नघटाइ आवेदन दिनुपर्नेछ । 

बाँकी २० हजार पाँच सय कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ । सर्वसाधारणका लागि बिक्री खुला गरिएको सेयरको मूल्य भने निर्धारण गरिएको छैन । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले जेठ २९ गतेबाट ३५ दिनभित्र काभ्रेपलन्चोक जिल्लामा रहेको कम्पनीको केन्द्रीय कार्यालय आवेदन दिनुपर्नेछ । 


शेयर गर्नुहोस