सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२०८२ जेठ २८ गते बुधबार । 

बैंकको खबर । सांग्रिला विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले दाङ जिल्ला लमही ब्रान्चका लागि ब्रान्च म्यानेजर र बाग्लुङ जिल्लाका लागि रिलेसन्सिप अफिसर/म्यानेजर माग गरेको हो । 

दुवै पदका लागि स्नातक तह पास गरेको हुनुपर्ने छ । अफिसर तहका लागि स्नातकोत्तर पास गरेका व्यक्तिलाई प्राथमिकता दिने बैंकले जनाएको छ । यसबाहेक पाँच वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ । 

बैंकमा काम गर्न इच्छुक योग्यता पुगेका व्यक्तिले असार १० गतेभित्र आवेदन दिन सक्नेछन् । 


शेयर गर्नुहोस