बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ जेठ २८ गते बुधबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा अधिक तरलताको स्थितिमा सुधार हुन नसकेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत सो पैसा तान्न लागेको हो । 

२१ दिन अवधिका लागि प्रशोचन गर्न लागेको सो निक्षेप संकलन उपकरण खरिदका लागि बैंक तथा वित्तीय संस्थाले आज अपरान्ह ३ बजेसम् अनलाइन सफ्टवेरमार्फत बोलकबोल गर्न सक्नेछन् । 

यस निक्षेप संकलन उपकरणको ब्याजदर बोलकोबालको माध्यमबाट निर्धारण हुनेछ । निक्षेपको साँवा ब्याज भु्क्तानी २०८२ असार १८ गते हुनेछ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले निःशेष भाग जाने गरी कुल अह्वान रकमसम्म आवेदन दिन सक्नेछन् । 


शेयर गर्नुहोस