प्रभु क्यापिटलको सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बिक्रीमा

२०८२ जेठ २३ गते शुक्रबार ।
बैंकको खबर । प्रभु क्यापिटलले आज (जेठ २३ गते) देखि सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई बिक्री निष्काशन गरेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको हो ।
प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो स्किम खुलामुखी प्रकृतिको स्किम हो। चार करोड इकाईको यो स्किममध्ये साढे सात प्रतिशत (३० लाख इकाई) कोष प्रबर्धक प्रभु बैंक र साढे सात प्रतिशत अर्थात (३० लाख इकाई) योजना व्यवस्थापक प्रभु क्यापिटलले खरिद गरेको छ । बाँकी दुई करोड ५० लाख इकाईको बिक्रीमा लागि क्यापिटलले सार्वजनिक निष्काशन गरेको हो ।
आजदेखि खुलेको यो स्किमको इकाईमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो दिनसम्म माग भएजछि इकाई बिक्री नभएमा खरिदका लागि आवेदन दिने समय असार ६ गतेसम्म लम्बिने क्यापिटलले जनाएको छ ।
स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।