बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

२०८२ जेठ १९ गते सोमबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (सोमबार) पनि ७० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ । प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले पैसा तानेर व्यवस्थापन गर्न लागेको हो । 

गत बुधबार (जेठ १४ गते) पनि केन्द्रीय बैंकले बजारबाट ८० अर्ब रुपैयाँ तानेको थियो । सो दिन बैंकहरुले एक खर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढी पैसा राख्न निवेदन दिएका थिए । 

प्रणालीमा पैसा थुप्रिदै गएपछि केन्द्रीय बैंकले आर्थिक वर्षको सुरु देखिनै बजारबाट लगातार पैसा प्रशोचन गर्दै आएको छ । 

आज राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणबाट २० दिनका लागि पैसा तान्न लागेको हो । निक्षेप दिन इच्छुक बैंक् तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजेसम्म बोलकबोल पेस गर्न सकनेछन् । 

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म निक्षेप दिनका लागि आवेदन गर्न सक्नेछन् । 

केन्द्रीय बैंकले आगामी असार ८ गते निक्षेपको साँवा र ब्याज भुक्तानी गर्ने जनाएको छ ।


शेयर गर्नुहोस