कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

कृषि अनुदानमा ११ अर्ब ७६ करोड खर्च

२०८२ जेठ १५ गते बिहीबार । 

काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको आठ महिनामा कृषि अनुदानमा ११ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म अनुदानका लागि विनियोजन गरिएकामध्ये सो रकम खर्च भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको आजको बैठकमा पेस गरेको आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब १५ करोड रुपैयाँ कृषि अनुदानका लागि विनियोजन गरिएको उल्लेख छ । 

चालु आर्थिक वर्षमा उखु किसानलाई उखु प्रवर्द्धन खर्चबापत दुई अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ ।


शेयर गर्नुहोस