अमेरिकाले रोक्यो विदेशी विद्यार्थीहरुको अन्तरवार्ता, सामाजिक सञ्जाल अध्ययन गर्दै
२०८२ जेठ १४ गते बुधबार ।
अन्तर्राष्ट्रिय । अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको लागि नयाँ भिसा अन्तर्वार्तामा प्रतिबन्ध लगाएको छ।
विदेशमन्त्री मार्को रुबियोले मंगलबार यस सम्बन्धमा आदेश जारी गरेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा यहूदी विरोधी र वामपन्थी विचारहरूलाई रोक्नको लागि यस्तो आदेश गरेको बताइएको छ ।
ट्रम्प प्रशासनले अमेरिका आउने विद्यार्थीहरूको सामाजिक सञ्जाल प्रोफाइलको अध्ययन सुरु गरेको छ । रुबियोले विश्वभरका अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि नयाँ अन्तर्वार्ताको तालिका नबनाउन आदेश जारी गरेका छन् ।
उनले भनेका छन्, 'तत्काल प्रभावबाट, कन्सुलर शाखाले अर्को निर्देशिका जारी नभएसम्म विद्यार्थी वा एक्सचेन्ज भिजिटर (एफ, एम र जे) भिसाका लागि नयाँ नियुक्तिहरूलाई अनुमति दिनु हुँदैन।' उनले पहिले नै निर्धारित अन्तर्वार्ताहरू हुन सक्ने तर सूचीमा नयाँ नियुक्तिहरू नथप्न आदेश गरेका छन् ।
ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने सामग्री पत्ता लगाउन इन्स्टाग्राम, टिकटक र एक्स जस्ता प्लेटफर्महरूमा पोस्ट, लाइक, कमेन्ट र सेयरहरूको जाँच गर्न अधिकारीहरूलाई पनि आदेश दिएको छ।