सेयरबजार सुस्त, कारोबार रकम घट्यो

सेयरबजार सुस्त, कारोबार रकम घट्यो

२०८२ जेठ १३ गते मंगलबार । 

सेयर खबर । सेयरबजार आज (जेठ १३ गते मंगलबार) समान्य रहयो । कारोबार मापक नेप्से परिसूचक जम्मा ०.८५ अंकले बढेको छ । नेप्से २६७५.६२ विन्दुमा कायम भएको छ । 

हिजोअस्तीको तुलनामा आज सेयर कारोबार पनि केही कम भएको छ । छ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ बराबरको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता सेयर किनबेच भएको छ । 

कारोबारमा आएका २४७ कम्पनीमध्ये १६१ वटाको सेयरमूल्य घटेको छ । बाँकी ८६ वटा कम्पनीको सेयरमूल्य बढेको छ ।

आजको कारोबारमा बैंकिङ ०.४०, विकास बैंक १.६६, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२९, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.९५ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेका छन् । फाइनान्स समूह ०.६१, होटल तथा पर्यटन ०.०९, लगानी ०.२६ र जीवन बीमा ०.५४ प्रतिशतले घटेको छ । त्यस्तै, लघुवित्त १.१३, निर्जीवन बीमा ०.५५ र अन्य समूह ०.२० प्रतिशतले घटेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेड, पिओर इनर्जि लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ ।

कारोबार रकम धेरै युनिभर्सल पावर कम्पनी लिमिटेडको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 


शेयर गर्नुहोस