गभर्नर पौडेल सेयरबजारप्रति नरम, सेयर धितो कर्जाको जोखिमभार घटाए

गभर्नर पौडेल सेयरबजारप्रति नरम, सेयर धितो कर्जाको जोखिमभार घटाए

२०८२ जेठ ११ गते आइतबार । 

बैंकको खबर । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमा झारेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रिितशतबाट घटाएर १०० प्रतिशतमा झारेको हो ।

सेयर धितो कर्जाको जोखिमभार घटेपछि सेयरबजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा सेयर लिगानीकर्ताहरुको छ । किनभने अब सेयर धितोमा कर्जा लिंदा जोखिमभार कम हुन जानेछ । 

लगानीकर्ताले लामो समयदेखि जोखिमभार घटाएर १०० प्रतिशत बनाउन माग गर्दै आएका थिए । 


शेयर गर्नुहोस