यसकारण सेयर लगानीकर्ताका लागि यो साता बढी महत्वपूर्ण छ

यसकारण सेयर लगानीकर्ताका लागि यो साता बढी महत्वपूर्ण छ

२०८२ जेठ १० गते शनिबार ।

सेयर खबर । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले गतसाता सेयरबजारमा राम्रै प्रभाव प¥यो । एक सातामा नेप्से परिसूचक ७७ अंकले बढ्यो । गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त हुने हल्ला भएपछि मंगलबार नेप्से ४९ अंकले बढ्यो । मंगलबार साँझ पौडेल गभर्नर नियुक्त भए । त्यसको भोलीपल्ट बुधबार बजारमा एक सय तीन अंकको उतारचढाव देखियो तर कारोबार बन्द हुँदा नेप्से परिसूचक करिब आठ अंक घट्यो । बिहीबार फेरि १९ अंकको सुधार देखियो । 

समग्रमा गभर्नर नियुक्तिको विषयले साताको सेयरबजार प्रभावित भयो । अर्थतन्त्रमा नीतिगत सुधार आवश्यक रहेको बताउँदै आउने व्यक्ति गभर्नर बनेकाले सेयरबजारमा पनि उनले राम्रै नीति लिने अपेक्षा लगानीकर्ताको छ । त्यसैले बजार विस्तारै बढ्न सक्ने संकेत गरेको छ । तर अल्पकालीन लगानीकर्ताले बजार बढेको बेला नाफा बुक गर्ने हुँदा बिक्री चाप बढ्न गई दबाब भने पर्न सक्छ । 

यस साता पनि सेयरबजारका लागि महत्वपूर्ण मानिएको छ । किनभने यसै साताको अन्तिम कारोबार दिन सरकारले बजेट ल्याउनेछ । गभर्नर नियुक्तिपछि बजारले कस्तो गति लिन्छ भन्ने आकलन गर्न पनि साताभरको कारोबार महत्वपूर्ण हुन सक्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनुभन्दा अििघ गभर्नर पौडेलले यस आर्थिक वर्षकोे मौद्रिक नीतिको तेस्रोे त्रैमासिक समीक्षा गर्नेछन् । जसमा केही नीतिगत परिवर्तन गर्नसक्ने अनुमान पनि सेयर लगानीकर्ताको छ । यसले पनि बजारमा प्रभाव पार्न सक्छ । 

यस्तो रह्यो गतसाताको बजार
गतसाता सेयरबजार समग्रमा दुई दशमलव ९४ प्रतिशत बढेर दुई हजार छ सय ८८ विन्दुमा पुगेको छ । एक सातामा ४३ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।  

बुधबार साताकै सबैभन्दा धेरै १० अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार साताकै कम सात अर्ब ३१ करोडको सेयर कारोबार भएको छ । औसत दैनिक कारोबार आठ अर्ब ७४ करोड रुपैयाँको भएको छ । 

गतसाता वाणिज्य बैंकहरुको सेयरमूल्यमा सबैभन्दा धेरै वृद्धि देखियो । बैंकिङ समूह सबैभन्दा धेरै सात दशमलव १८ प्रतिशत बढेको छ । 
ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै ६१ प्रतिशत बढेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै १२ दशमलव ५३ प्रतिशत घटेको छ । सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको दुई अर्ब ८१ करोड रुपैयाँको भएको छ । त्यसपछि ङादी ग्रुप पावरको दुई अर्ब ३० करोडको कारोबार भएको छ । 

एक सातामा लगानीकर्ताको सम्पत्ति एक खर्ब २९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयर तर्फकोे बजार पुँजीकरण पनि ५६ अर्ब रुपैयाँ बढेर १५ खर्ब आठ अर्ब रुपैयाँ कायम भएको छ । 


शेयर गर्नुहोस