हिमायलन रि इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

हिमायलन रि इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश पारित गर्ने

२०८२ जेठ २ गते शुक्रबार । 

बीमा खबर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको  लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।

इन्स्योरेन्सले जेठ २५ गते, आइतबार, काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चौथो वार्षिक साधारणसभा डाकेको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

साधारणसभाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। सोअनुसार जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन र लाभांश वितरण गर्न सक्नेछन् । 


शेयर गर्नुहोस