सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो 

सुनको मूल्य तोलामा १७०० रुपैयाँ बढ्यो 

२०८२ वैशाख २४ गते बुधबार । 

बैंकको खबर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँ बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर भएको छ । चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । 


शेयर गर्नुहोस