प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस शेयर कति ?
बीमा खबर । प्रभु लाइफ इन्स्योरेन्सले १०.५२६ प्रतिशत (कर समेत) को दरले लाभांश दिने घोषणा गरेको हो ।
इन्स्योरेन्सको वैशाख २५ गतेको सञ्चालक समितिको १४०औँ बैठकले सो दरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश मध्ये चुक्ता पूँजीको १०.५२६ प्रतिशत (कर समेत) को दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी साधारणसभाले अनुमोदन गरेपछि शेयरधनीमा वितरण हुने इन्स्योरेन्सले जनाएको छ ।
All financial information at your fingertips.