डलरको भाउ बढ्यो, युरो र पाउन्ड स्टर्लिङको घट्यो

डलरको भाउ बढ्यो, युरो र पाउन्ड स्टर्लिङको घट्यो

२०८२ वैशाख ११ गते बिहीबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको घटेको छ । 

नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा थियो ।
 

यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ४० पैसा र बिक्रीदर १५६ रूपैयाँ ०८ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा थियो । राष्ट्र बैंकले आजका लागि बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० पैसा तोकेको छ । हिजो बेलायती पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा थियो ।

यसैगरी आजका लागि स्विस फ्र्याङ्क एकको खरिददर १६५ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६६ रूपैयाँ ३१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रूपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ ६१ पैसा र बिक्रीदर नौ रूपैयाँ ६५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा र बिक्रीदर १८ रूपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

 

All banking information at your fingertips.


शेयर गर्नुहोस