राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो
२०८२ वैशाख १० गते बुधबार ।
बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने अवधि लम्बिएको छ । बैंकले वैशाख ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा अब वैशाख २१ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले ७ वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदर पाइने ‘७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८’ को बिक्री खुला गरेको छ ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । यसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।
बैंकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याएको छ । ४० प्रतिशतले हुने एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको छ । जसमध्ये ५० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले नौ लाख ५० हजार इकाईमा लगानी गर्न पाउने छन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।
बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरेको छ ।
All banking information at your fingertips.