सामान्य बढ्यो सेयरबजार

सामान्य बढ्यो सेयरबजार

२०८१ चैत २१ गते बिहीबार । 

बैंकको खबर । सेयरबजारमा आज नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । नेप्से ३.३५ अंकले बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ । सात अर्ब ८४ करोडको ४६ लाख ४२ हजार रुपैयाँ बराबरको एक करोड ५५ लाख दुई हजार ९९८ कित्ता सेयर किनबेच भएको छ । 

कारोबार भएका २४४ कम्पनीमध्ये १५१ वटाको सेयरमूल्य घटेको छ । बाँकी ५५ वटाको सेयरमूल्य बढेको छ । 

यसदिन बैंकिङ समूहले गर्दा नेप्से हरियो बनेर बन्द भएको देखिन्छ । किनभने बैंकिङ समूहमा सूचीकृत १९ वटै बैंकको सेयरमूल्य बढेको छ । समग्रमा बैंकिङ समूह ०.९६ प्रतिशत बढेको छ । त्यसपछि अन्य समूह १.४५ प्रतिशत, निर्जीवन बीमा ०.५९ प्रतिशत र जलविद्युत ०.०३ प्रतिशत बढेको छ । बाँकी सबै समूह घटेका छन् । 

व्यापार समूह सबैभन्दा धेरै १.६६ प्रतिशत घटेको छ । त्यसपछि फाइनान्स समूह १.५९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.६६, लघुवित्त ०.३७, म्युचुअल फन्ड ०.२४, विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.१२ र लगानी ०.०३ प्रतिशत घटेको छ । 
ग्रीन भेन्चर्स लिमिटेडको सेयरकारोबार सकारात्मक सर्किट लेभलमा भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै सात दशमलव ८५ प्रतिशत घटेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयरकारोबार सबैभन्दा धेरै ७२ करोड ३२ लाख रुपैयाँ बराबरको भएको छ । 

लगानीकर्ताको सम्पत्ति छ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ८९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण चार अर्ब रुपैयाँ बढेर १४ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । 


शेयर गर्नुहोस