नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र ल्याउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
बैंक खबर । नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको १००० रुपैयाँ अंकित दरका ४० लाख ४० हजार कित्ता वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गर्न लागेको हो ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको बैंकले जनाएको छ ।
ऋणपत्र निश्काशन सम्बन्धी सम्झौतामा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।
All financial information at your fingertips.