अमेरिकी डलर स्थिर, युरो र पाउन्ड स्ट्रलिङको भाउ घट्यो

अमेरिकी डलर स्थिर, युरो र पाउन्ड स्ट्रलिङको भाउ घट्यो

२०८१ चैत २० गते बुधबार । 

बैंकको खबर । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । मंगलबार पनि सोही दरमा कारोबार भएको थियो ।

आज युरोपियन युरो र बेलायती पाउन्ड स्ट्रलिङको भाउ भने घटेको छ । आजका लागि युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८५  पैसा तोकिएको छ । हिजो मंगलबार युरो एकको खरिददर १४७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४८ रुपैयाँ २८ पैसा थियो ।

राष्ट्र बैंकले आजका लागि बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ १० पैसा र बिक्रीदर १७६ रुपैयाँ ८८ पैसा तोकेको छ । हिजो मंगलबार पाउन्ड एकको खरिददर १७६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४० पैसा थियो ।

आज क्यानेडियन डलर एकको खरिदर ९४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९५ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ५७  पैसा र बिक्रीदर १०२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, जापानी येन १० को खरिदर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६० पैसा तोकिएको छ । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर 

All banking information at your fingertips.


शेयर गर्नुहोस