म्याग्दीको भुरुङमा गरिमा विकास बैंकको एटीएम सेवा सुरु
![म्याग्दीको भुरुङमा गरिमा विकास बैंकको एटीएम सेवा सुरु](https://bankkokhabar.com.np/images/news/1683270283_garima_atm.jpeg)
बैंक खबर । गरिमा विकास बैंकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भुरुङ तातोपानीमा एटीएम सेवा सुरु गरेको छ । बैंकले मुस्ताङ आउने जाने पर्यटकहरुलाई लक्षित गरी एटीएम सेवा सुरु गरिएको जनाएको छ ।
बैंक सञ्चालक दिपेन्द्र श्रेष्ठ र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले एटीएम सेवाको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
यो एटीएम काउन्टरका कारण पर्यटकलाई आर्थिक कारोबार गर्न सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
All financial information at your fingertips.