सुनिता विलियम्स र बुच विल्मोरलाई लिन एलोन मस्कको अन्तरिक्षयान अन्तरिक्ष स्टेशन पुग्यो

सुनिता विलियम्स र बुच विल्मोरलाई लिन एलोन मस्कको अन्तरिक्षयान अन्तरिक्ष स्टेशन पुग्यो

२०८१ चैत ३ गते आइतबार । 

अन्तर्राष्ट्रिय । एलोन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्ष यान ड्र्यागन लगभग २८ घण्टा पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पुगेको छ । 

नेपाली समयअनुसार आज बिहान करिब १० बजे यो यान अन्तरिक्ष स्टेशनमा पुगेको हो । यो अन्तरिक्ष यानले ९ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउनेछ ।

चार सदस्यीय क्रू–१० टोलीले शनिबार दिउँसो पौनो पाँच बजे (नेपाली समयअनुसार) स्पेसएक्सको फाल्कन ९ रकेटबाट उडान भरेको थियो । यो फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको थियो । 

क्रू–१० अन्तरिक्ष स्टेशनमा पुगेपछि, क्रू–९ अन्तरिक्ष यात्रीहरू निक हेग, सुनिता विलियम्स, बुच विल्मोर र अलेक्ज्याण्डर गोर्बुनोभ ड्र्यागन अन्तरिक्ष यानमा पृथ्वीमा फर्कनेछन् ।

यी चार अन्तरिक्ष यात्री मार्च १९ मा अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कन सक्ने बताइएको छ । 


शेयर गर्नुहोस