आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

आज हर्षोल्लासका साथ होली पर्व मनाइँदै

२०८१ फागुन २९ गते बिहीबार ।

काठमाडौं । आज फाल्गुण पूर्णिमा अर्थात् होली पर्व । गहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । 

होली पर्व हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर मनाउने चलन छ । यो पर्वलाई कटुता समाप्त गरेर एक आपसमा खुशी साट्ने दिनका रूपमा  लिइन्छ ।

हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको किंम्बदन्ती छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।

होलीको अवसरमा सरकारले आज पहाडी तथा हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ । 


भिडियो हेर्नुहोस

शेयर गर्नुहोस