नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा

नेपाल इन्स्योरेन्स कम्पनीले डाक्यो साधारणसभा

२०८१ फागुन २७ गते सोमबार । 

बीमा खबर । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो।

इन्स्योरेन्सले आगामी चैत १९ गते, मंगलबार, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा ७६ औँ वार्षिक साधारणसभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारणसभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ । 

यस्तै साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि स्वीकृत गर्नेछ।

इन्स्योरेन्सले साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि चैत ७ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले चैत ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरु साधारणसभामा सहभागी हुन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 


शेयर गर्नुहोस